ज्युँदा सहिद मुकेशको निधन

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । २०६२/६३ सालको जनआन्दोलनमा कंचटमा गोली लागी घाइते भई विगत १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेश कायस्थको ३२ वर्षको उमेरमा निधन भएको छ । बनेपा स्थित शीर मेमोरियस अस्पतालमा उनको निधन भएको मुकेश कास्यथ प्रतिष्ठान अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

उनको बिहीवार अन्तिम संस्कार गरिने अध्यक्ष शर्माले जानकारी दिए । विसं २०६२–०६३ को जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो । गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।