नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ धादिङको नयाँ समिति चयन

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २७, २०८०

धादिङ । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशका संयोजक सुमन गिरीको प्रमुख आतिथ्यतामा आज नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ धादिङको नयाँ समिति चयन गरेको छ ।

नवगठित कार्यक्रमितको अध्यक्षमा तुलसी अधिकारी चयन भएका छन् भने सचिवमा रामकुमार बानिया, सदस्यमा अशोक खतिवडा, प्रकाश सिम्खडा सल्लाहकारमा बाबुकाजी श्रेष्ठ चयन भएका छन् । सचिव रामकुमार बानिया बानिया र सदस्य अशोक खतिवडा ग्रामीण यातायात धादिङ प्रा. लि. बाट कार्य समितिमा चयन भएका हुन् ।

भेलामा ग्रामीण यातायात धादिङ प्रा. लि. का अध्यक्ष राजेन्द्र अधिकारी, धादिङ मण्डली यातायात प्रा।ली।का अध्यक्ष शरद अधिकारी, प्रवन्धक राजेश प्रजापती लगाएतको आतिथ्यता रहेको थियो ।