एड्भान्समा विद्यार्थीको रक्तसमूह जाँच गरी विश्व रेडक्रस दिवस मनाइयो

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २५, २०८०

धादिङ । पुछार बजारस्थित एड्भान्स एकेडेमीमा विश्व रेडक्रस दिवस २०२३ को अवसरमा रक्तसमूह जाँच कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ । हरेक वर्ष मे ८ का दिन मनाइने विश्व रेडक्रस दिवसको अवसरमा कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरूको रक्त समूह पहिचान गरिएको हो ।

विद्यालयमा गठित नेपाल यूवा रेडक्रस सर्कलले उक्त रक्तसमूह परिक्षण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम विद्यालयका विज्ञान तथा प्रविधि विभाग र अतिरिक्त क्रियाकलाप समितिको संयोजनमा सञ्चालन गरिएको थियो ।

विद्यार्थीहरूलाई आफ्नो रक्तसमूह र रक्तदानको महत्वबारे जानकारी गराउने उद्देश्यले उनीहरूको रक्त समूह पहिचान गरिएको विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।