बञ्चरेडाँडामा तीन पालिकाको ३ बुँदे माग

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिका, नुवाकोटका बेलकोटगढी र ककनी गाउँपालिकाले बञ्चरे डाँडामा संयुक्त पत्रकार सम्मेलन गरेर ३ बुँदे माग सार्वजनिक गर्दै उक्त माग पुरा नगरिए कठोर कलम चालिने घोषणा गरेका छन् ।

धादिङ र नुवाकोटको सिमानामा पर्ने सिडोल हुँदै बञ्चरेडाँडा कुडुलेमा काठमाडौं महानगरपालिकाका १८ वटा पालिकाको फोहोर १८ वर्ष देखि विसर्जन हुँदै आएको छ । फोहर फाल्न स्थानीय पालिकाहरु सँग विभिन्न संझौता भएको र ति संझौता पुरा गर्न काठमाडौं महानगरपालिका उदासिन बनेको भन्दै आज ३ पालिकाले संयुक्त पत्रकार सम्मेलन गर्दै ३ बुँदे माग सार्वजनिक गरेका हुन् ।

तीन पालिकाको ३ बुँदे माग
१. वैज्ञानिक ढंगबाट फोहोरमैलाको ब्यवस्थापन
२. प्रभावित नागरिकहरुको उचित व्यवस्थापन । आवश्यकताको आधारमा मानववस्तीको समेत व्यवस्थापन
३. यसभन्दा अघिका संझौताहरुको पूर्ण रुपमा कार्यान्वयन