युएईलाई हराउँदै नेपाल एसिया कपमा

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १९, २०८०

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले ७ विकेटले युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको छ ।जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो।

नेपालले एसिसी प्रिमियर कपको फाइनल जिते सँगै अब एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।
एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।