धादिङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा नवराज छत्कुली चयन भएका छन् ।
सोमबार सम्पन्न उक्त अधिवेशनले समितिको बरिष्ठ उपाध्यक्षमा चिना माया श्रेष्ठ, उपाध्यक्षमा काजी श्रेष्ठ, महासचिवमा विष्णु हरि लम्साल र कोषाध्यक्षमा भक्त बहादुर रेग्मी (कृष्ण) चयन गरेको छ । यस्तै सदस्यहरुमा विमला घिमिरे, चेली माया तामाङ, रमेश ढुंगाना, छवी प्रसाद काप्री, सुजन श्रेष्ठ, रामकृष्ण स्यावा, केशवराज शर्मा, राम बहादुर नेपाली र भगवान भट्ट चयन भएका छन् ।
अधिवेशनले महिला उद्यमी समितिको अध्यक्षमा सिता दुवाडी खनाललाई चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा भगवती पोखरेल, उपाध्यक्षमा गौरी माया श्रेष्ठ, महासचिवमा सम्झना पण्डित लामिछाने, कोषाध्यक्षमा जानुका भट्ट अधिकारी चयन भएकी छन् भने सदस्यहरुमा देवकी कोईराला, प्रगति अर्याल, माया देवी थापा मगर, सोना श्रेष्ठ, तेज कुमारी लम्साल, दुर्गा अधिकारी, सिता श्रेष्ठ, सिर्जना गुरुङ, सावित्री श्रेष्ठ र ईन्दिरा पौडेल अधिकारी चयन भएकी छन् ।