रुबीभ्यालीको कोचोङ डाँडामा सेनाद्वारा हेलिप्याड निमार्ण

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १७, २०८०

धादिङ । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबीभ्याली ३ कोचोङ डाँडामा नेपाली सेनाले हेलिप्याड निर्माण सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

भौगोलिक रुपमा विकट रुबीभ्यालीमा बर्खाको समयमा ४ महिना यातायात सुबिधा बन्द हुने र आपतकालिन अवस्थामा हेलिप्याड निर्माणले उद्दार कार्यमा बिशेष भूमिका खेल्ने गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए ।

नेपाली सेनाको ६ बाहिनी अड्डाका सहायक बाहिनी पति बिरेन्द्र मल्ल ठकुरी, शिब दल गण गजुरीका कर्नेल अशोकराज बरालको बिशेष उपस्थितिमा सेनाले पालिका उपाध्यक्ष फेलामा तामाङलाई हेलिप्याड हस्तान्तरण गरेको हो ।