
काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुवेतविरुद्धको खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ । यो जित सँगै नेपाल एसीसी ईमर्जिङ एसिया कपमा छनोट भएको छ ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन र नेपालले फाईनल यात्रा तय गर्यो ।
नेपालले युएई र ओमानबीचको विजेता टोलीसँग फाइनल खेल खेल्नेछ । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । नेपालले अब फाईन जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।