धादिङ । बेनीघाट रोराङ गाउँपालिका २ स्थित पिपलभञ्ज्याङ माध्यामि विद्यालयमा भएको एक दिने स्वास्थ्य शिविरमा ४०४ जनाले सेवा लिएको वडाध्यक्ष हेमराज भुजेलले बताए ।
गाउँपालिकाको समन्वय तथा नपाल प्रहरी अस्पताल महाराजगञ्जको प्राविधिक सहयोग भएको उक्त शिविरमा डा. सञ्जिता दाहालको नेतृत्वमा ६ जना डाक्टरहरुले शिविरमा सहभागिहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।