हस्तलेखनमा कुण्डलादेवीकी युनिका भईन प्रथम

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १६, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्तरीय तेस्रो सुन्दर हस्तलेखन प्रतियोगितामा कुण्डलादेवी माध्यामिक विध्यालयमा अध्ययननरत छात्रा युनिका श्रेष्ठ प्रथम भएकी छिन् । मार्पाक सामुदायिक क्लबको आयोजना, निरन्जना माध्यामिक विद्यालको संयोजन साथै गजकेशर थामे अधिकारी कल्याण समाजको मुख्य प्रयोजनमा सम्पन्न भएको प्रतियोगिता प्रथम हुँदै युनिकाले नगद ३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र जिेकी हुन् ।

प्रतियोगितामा चौतारा माविका पवन तामाङ्ग द्धितिय हुन सफल भए भने उनले नगद रु २ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे त्यस्तै निरन्जना माविका युनिका गुरुङ्ग तृतिय हुन सफल भए उनले नगद रु १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
साथै निमार्चोक आविका तारा विक र मंगलादेवी माविका असिम थापामगर क्रमश चौथो र पाचौ भए उनिहरुले नगद रु ५–५ सय प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ४७ जना सहभागीहरुलाई पनि निरन्जना माविको तर्फबाट सान्त्वना पुरस्कार र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो ।

नेपाली र अग्रेजी दुबै माध्यामबाट सम्पन्न प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल प्रमुख अतिथीको रुपमा साथै वडा नम्बर १ का वडाध्यक्ष ठाकुर गुरुङ्ग विशेष अतिथीको रुपमा उपस्थित भई संयुक्त रुपमा पुरस्कार बितरण गरिएको कार्यक्रम निरन्जना माविको प्राङ्गणमा सम्पन्न भएको मार्पाक सामुदायिक क्लबका अध्यक्ष शिव कार्कीले बताए ।