नेपाल सेमिफाईनल प्रवेस

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १४, २०८०

काठमाडौं । नेपालले कतारलाई पराजित गर्दै एसीसी प्रिमियर लिगको सेमिफाइनल प्रवेश गरेको छ । टियु मैदानमा भएको खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

नेपाललाई जिताउन करिअरको उत्कृष्ट ब्याटिङको साथै घातक बलिङ गर्दै पाँच विकेट लिएका सन्दीप प्लेयर अफ द म्याच चुनिएका हुन् । यसअघिका दुई खेलमा नेपालको प्लेयर अफ द म्याच कुशल मल्ल चुनिएका थिए । जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५।१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारलाई सस्तैमा अल आउट गर्न सन्दीपले सर्वाधिक पाँच विकेट लिए । सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएपछि मध्यम योगफलमै पनि नेपालले फराकिलो जित हात पारेको थियो ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३र३ तथा गयान मुनवारा २ विकेट लिए । चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ । शनिबार नेपालले समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।