धादिङको सिद्धलेक टिम नुवाकोटमा जारी भलिबलको फाईनलमा प्रवेश

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ११, २०८०

धादिङ । नुवाकोटको म्यागङ गाउँपालिका -५ सामरीमा जारी नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल धादिङको सिद्धलेक गाउँपालिका टिम र नुवाकोटको तादी गाउँपालिकाको टिम बीच हुने भएको छ ।

१० वटा पालिकाले टिम दर्ता गराएपनि तारकेश्वर र नेत्रावती दुई टिमले प्रतियोगितामा सहभागि नजनाउँदा ८ टिमले प्रतियोगितामा खेलेका थिए जसमा धादिङको सिद्धलेक गाउँपालिका टिम र नुवाकोटको तादी गाउँपालिका टिम फाईनल प्रवेस गरेका हुन् ।

सिद्धलेक टिम
१. अमन आले मगर
२. रेशम छन्त्याल
३. बिदुर इटनी
४. बलराम गुरुङ
५. प्रदीप थापा मगर
६. मनोज श्रेष्ठ
७. सन्जित थापा
८. निशान त्रिखत्री
९. सुजन परियार
प्रशिक्षक : गणेश सिलवाल

धादिङका भलिबल रेफ्री एवम् सिद्धलेक टिमका कोच सन्दिप थापामगरका अनुसार सिद्धलेक टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाईनल प्रवेस गरेको छ । अर्को फाईन पुगेका तादी पनि राम्रो टिम भएकोले बैशाख १२ गते हुने फाईनल रोचक हुनेछ । यस प्रतियोगिताको पुरस्कार राशी प्रथम २ लाख, दोस्रो १ लाख र तृतिय ५० हजार रहेको छ ।

कोच थापामगरका अनुसार आफ्नो फाईनल यात्राका लागि सिद्धलेक टिमले क्रमशः पन्चकन्या गाउँपालिका नुवाकोट, किस्पाङ गाउँपालिका नुवाकोट र क्वाटर फाइनलमा नौकुण्ड गाउँपालिका रसुवालाई र सेमिफाईनलमा धादिङ कै खनियाबास गाउँपालिकालाई पराजित गरेको थियो ।