धादिङ अस्पतालमा आज ११० जनाले मुटुको स्वास्थ्य परिक्षण गराए

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ९, २०८०

धादिङ । धादिङ अस्पताल र सहिद गंगालाल हृदय केन्द्र बासबारीले बीच संझौता भए बमोजिम धादिङ अस्पतालले आजबाट मुटुको स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ ।

हरेक महिनाको पहिलो र अन्तिम शनिबार यो सेवा संचालन गरिने छ । आज उद्घाटनको दिन ११० जनाले मुटुको स्वास्थ्य परिक्षण गराएको धादिङ अस्पतालका सूचना अधिकारी डाक्टर राम रिजालले धादिङपोष्टलाई बताए ।

यो विशेषज्ञ सहितको परिक्षण हो । ११० जना मध्य आज ७५ जनाको मुटुको ईको गरिएको उनले बताए । आज धादिङ अस्पतालले एक औपचारिक कार्यक्रम गरि, यो सेवा सुरु भएको घोषणा गरेको थियो ।