निरन्जनामा पालिका स्तरीय हस्तलेखन प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ८, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा तेस्रो पटक पालिका स्तरीय सुन्दर हस्तलेखन प्रतियोगिता बैशाख १५ गते हुने भएको छ ।

मार्पाक सामुदायिक क्लवको आयोजना साथै निरन्जना माध्यामिक विद्यालयको संयोजनमा हुन लागेको प्रतियोगिताको प्रायोजकमा गजकेशर थामे अधिकारी कल्याण समाज रहेको क्लबका अध्यक्ष शिव कार्कीले बताए ।

नेपाली र अग्रेजी दुबै माध्यामबाट हुने प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा बिध्यालयहरुको कक्षा ५ देखि कक्षा ८ सम्मका बिध्यार्थीहरुले सहभागिता जनाउन सक्ने बताईएको छ ।