धादिङका पालिकामा साढे तीन अर्ब बेरुजु

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ७, २०८०

धादिङ । महालेखा परीक्षकको ६० अैाँ प्रतिवेदनले तीन अर्व ४३ करोड ८९ लाख ३१ हजार बेरुजु पुगेको जनाएको छ । १३ स्थानीय तह रहेको धादिङमा आर्थिक वर्ष २०७८/७९ को लेखा परिक्षकको प्रतिवेदन अनुसार थाक्रे गाँउपालिकाको एक अर्ब ८६ करोड ५८ लाख ८७ हजारको लेखा परिक्षण गर्दा १५ करोड आठ लाख ३८ हजार बेरुजु थप भई २८ करोड ७७ लाख ८९ हजार बेरुजु पुगेको छ ।

नीलकण्ठ नगरपालिकाको दुई अर्ब ६७ करोड ७० लाख ११ हजारको लेखा परिक्षण गर्दा १० करोड ९० लाख १६ हजार बेरुजु थप भई ९७करोड २१ लाख ८७ हजार बेरुजु पुगेको छ । धुनीवेसी नगरपालिकाको एक अर्ब ७६ करोड ६६ लाख ४० हजारको लेखा परिक्षण गर्दा पाँच करोड ६४ लाख ४० हजार बेरुजु थप भई ३३ करोड करोड १८ लाख ५२ हजार बेरुजु पुगेको छ । यसैगरी गल्छी गाँउपालिकाको एक अर्ब ६५ करोड ४८ लाख ३० हजारको लेखा परिक्षण गर्दा सात करोड ४७ लाख १७ हजार बेरुजु थप भई ३५ करोड ८५ लाख ९० हजार बेरुजु पुगेको छ ।

गजुरी गाँउपालिकाको एक अर्ब १७ करोड ५१ लाख १७ हजारको लेखा परिक्षण गर्दा सात करोड २९ लाख ४५ हजार बेरुजु थप भई ३० करोड १७ लाख ८० हजार बेरुजु पुगेको छ । त्यसैगरी बेनीघाट रोराङ गाँउपालिकाको एक अर्ब ५४ करोड १५ लाख ५७ हजारको लेखा परिक्षण गर्दा दुई करोड ४१ लाख ५६हजार बेरुजु थप भई आठ करोड ९० लाख २५ हजार बेरुजु पुगेको छ । सिद्धलेक गाँउपालिकाको एक अर्ब ८० करोड ५४ लाख ८८ हजारको लेखा परिक्षण गर्दा एक करोड ९६ लाख ३५ हजार बेरुजु थप भई १५ करोड ६६ लाख ३४ हजार बेरुजु पुगेको छ ।

ज्वालामुखी गाँउपालिकाको एक अर्ब ३६ करोड २४ लाख ७३ हजारको लेखा परिक्षण गर्दा पाँच करोड ५६ लाख ४३ हजार बेरुजु थप भई ११ करोड पाँच लाख ३६ हजार बेरुजु पुगेको छ । त्यसैगरी त्रिपुरासुन्दरी गाँउपालिकाको एक अर्ब ५० करोड ८४ लाख १६ हजारको लेखा परिक्षण गर्दा सात करोड ५१ लाख २४ हजार बेरुजु थप भई २६ करोड ६७लाख १४ हजार बेरुजु पुगेको छ । गंगाजमूना गाँउपालिकाको एक अर्ब ४४ करोड ७८ लाख ४४ हजारको लेखा परिक्षण गर्दा छ करोड ८३ लाख २२ हजार बेरुजु थप भई १९ करोड २६ लाख ४६ हजार बेरुजु पुगेको छ ।

रुवीभ्याली गाँउपालिकाको ५५ करोड ९६ लाख ६० हजारको लेखा परिक्षण गर्दा दुई करोड २८ लाख ७३ हजार बेरुजु थप भई १७ करोड ६१ लाख एक हजार बेरुजु पुगेको छ । खनियाँवास गाँउपालिकाको ७८ करोड ६८ लाख १० हजारको लेखा परिक्षण गर्दा पाँच करोड ५६ लाख ४३ हजार बेरुजु थप भई ११ करोड पाँच लाख ३६ हजार बेरुजु पुगेको छ ।नेत्रावती दवजोङ गाँउपालिकाको ७५ करोड ९३ लाख ५० हजारको लेखा परिक्षण गर्दा एक करोड १२ लाख ४४ हजार बेरुजु थप भई तीन करोड ७२ लाख बेरुजु पुगेको छ । समाचार स्रोत कारोबार दैनिक