सत्यदेवीमा प्रथम अहिंसावादी कप आजबाट सुरु हुँदै

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ५, २०८०

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ सत्यदेवी स्थित बच्छलादेवी खेलमैदानमा आजबाट प्रथम अहिंसावादी कप खुल्ला फुटबल प्रतियोगिता हुन गहि रहेको छ । आफ्नो संस्थाको भवन निमाणार्थ अहिंसावादी युवा क्लवले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा यो प्रतियोगिता गर्न लागेकोहो ।

क्लवका सचिव रजित लामाका अनुसार यो प्रतियोगिता बैशाख १२ गते सम्म चल्ने छ भने विजेता टिमले ५० हजार, उपविजेताले २० हजार र सान्तोना हुने २ टिमले ७-७ हजार जित्ने छन् ।

के युवा के बृद्धा सबैका लागि महत्वपूर्ण खेलकुद र शिक्षा, खेल खेलौं स्वास्थ रहौं र मित्रताको भावना कायम गरौं भन्ने नाराका साथ हुने यस प्रतियोगिताको समापन समारोहमा हुने सास्कृतिक कार्यक्रममा कलाकारहरु विश्व दोङ, राजकिङ वाईवा, मर्नेन तामाङ वाईवा, मोडल डोल्मा मनाङ्थेनको प्रस्तुती रहने समेत क्लवका सचिव लामाले धादिङपोष्टलाई बताए ।