
धादिङ । धादिङबेसी सदरमुकाम स्थित एड्भान्स एकेडेमीमा प्रि-स्कुल ग्राजुएशन मङ्गलबार भएको छ । एड्भान्स एकेडेमीले प्लेग्रुपदेखि युकेजीसम्म पुर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा प्रि-स्कुल ग्राजुएशन कार्यक्रम गरेको हो ।
विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठको अध्यक्षता र विद्यालयका कम्पनी सञ्चालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थी र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । ग्राजुएशन कार्यक्रमसँगै प्रिस्कुलका प्लेग्रुप, नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूको नतिजा प्रकाशनका साथै पुरस्कार वितरण गरिएको थियो, र अन्य कक्षाहरूको भने यसै चैत्र २९ गते नतिजा प्रकाशन गरिने जानकारी गरिएको थियो ।
कार्यक्रममा विद्यालयका आधारभूत तह र पूर्व प्राथमिक तहका विद्यार्थीहरूले विविध प्रस्तुतिहरू राखिएको थियो । साथै प्रिस्कुलका शिक्षकहरू तथा प्रतिनिधि अभिभावकहरूले समेत आफ्ना मन्तव्य कार्यक्रममा राखेका थिए । कार्यक्रमबिच विद्यालयका कम्पनी सञ्चालक अध्यक्ष श्रेष्ठले एड्भान्स एकेडेमीले विद्यार्थीहरूको रुचि र आवश्यकताअनुरूप विद्यालयमा वालमैत्रीपूर्ण वातावरणमा पठनपाठन तथा अतिरिक्त क्रियाकलापहरू सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको कुरा अभिभावकहरूलाई जानकारी गराए ।
त्यसैगरी विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले विद्यार्थीहरू, शिक्षकहरू र अभिभावकहरूको साथ मिलेसँगै एड्भान्स एकेडेमीले विविध नगरस्तरीय, जिल्लास्तरीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा एड्भान्स एकेडेमीले विभिन्न स्थान हाँसिल गरेको कुरा अवगत गराए । साथै आगामी शैक्षिक सत्र २०८० को लागि भर्ना अभियान पनि यसै चैत्र २२ गतेबाट सुरु हुने भएकोले सम्पूर्ण अभिभावकहरूलाई नयाँ भर्नाको लागि आह्वान गरिएको छ ।