धादिङमा एसईई दिँदै गरेका नक्कली परिक्षार्थी पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १९, २०७९

धादिङ । प्रहरीले धादिङको खनियाबास गाउँपालिका स्थित बच्छला मावि परिक्षा केन्द्रबाट एसईई परिक्षा दिई रहेका नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका धिरज जंग बस्नेतले नक्कली परिक्षार्थी पक्राउ गरिएको धादिङपोष्टलाई बताए ।

बृचेत माध्यामिक विद्यालयका छात्र राज तामाङको सट्टा सन्जय तामाङले परिक्षा दिइरहे पाईएपछि सञ्जय तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । परिक्षा सुरु भएको १ घण्टा पछि उनी पक्राउ परेका थिए । साङ्केतिक फाईल तस्वीर