आठौं मार्पाक प्रिमियर लिग फुटसल चैत १८ देखि हुने

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ९, २०७९

काठमाण्डौ । मार्पाक भेट्रान्स फुटसल क्लबको आयोजनामा आठौं संस्करणको मार्पाक प्रिमियर लिग फुटसल प्रतियोगिता यहि चैत १८ गते शनिबार फ्रेन्डस स्टार फुटसल, भत्केपुल, काठमाण्डौमा हुने भएको छ ।
धादिङ जिल्लाको साबिक मार्पाक गाविसका खेलाडीहरुको सहभागितामा संचालन हुने फुटसल प्रतियोगितामा जम्मा ८ देखि १० टिम हुने अनुमान गरिएको छ ।

नेत्रावती डबजोङ गाउँपालिकाका युवा समाजसेवी राजाराम रिजालको प्रायोजनमा हुने आठौं सस्करणमा प्रथम, द्रितिय र तृतिय हुने टिमलाई नगद पुरस्कारको ब्यबस्था गरिएको छ भने बिजेता टिमले एउटा ट्रफि पाउनेछ साथै बिजेता टिमका हरेक खेलाडी, कोच र म्यानेजरलाई मेडल प्रदान गरिनेछ ।

त्यसैगरि प्रतियोगिताको उत्कृष्ठ गोलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टको ब्यबस्था गरिएको प्रतियोगिता संयोजक फणिन्द्र गुरुङ्गले बताए । आगामी दिनहरुमा नेत्रावती डबजोङ गाउँपालिका भरिका खेलाडीहरुलाई सहभागी गराई काठमाण्डौमा फुटसल लिग गर्ने योजना रहेको गुरुङ्गले बताए ।