धादिङका चार क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ५, २०७९

धादिङ । धादिङका चारवटा क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ भने आजै हुने भनिएको नीलकण्ठ बहुमुखी क्याम्पसको निर्वाचन चैत्र ८ गते हुने भएको छ । यस्तै नेत्रावती सामुदायीक क्याम्पस खहरेमा भने उम्मेदवारी मनोदयनकै दिन सर्व सम्ममत सभापितमा क्रान्तिकारी विजयी भई सकेको छ ।

आज स्ववियु चुनाव हुन गहिरहेको धादिङका ४ क्याम्पसमा धुनीबेसी स्थित मच्छिन्द्र बहुमुखी क्याम्पस खानिखोला., गल्छीको नमुना बागेश्वरी क्याम्पस बैरेनी, गजुरीको आदर्श बहुमुखी क्याम्पस गजुरी , बेनीघाट रोराङको जय बागेश्वरी क्याम्पस रिचोकटार र चन्द्रोदय बहुमुखी क्याम्पस बिशालटार रहेका छन् ।