तीन विद्यार्थी संगठनद्वारा नीलकण्ठ क्याम्पसमा तालाबन्दी

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३०, २०७९

धादिङ । एमाले निकट अनेरास्ववियु, माओवादी नीट (क्रान्तिकारी), अनेरास्वावियु, र राप्रपा निकट राप्रवि संघले नीलकण्ठ क्याम्पसमा तालाबन्धी गरेका छन् ।

प्रत्यक्ष स्वतन्त्र उम्मेदवार दिएका उत्तम सिलवाल, शर्मिला अर्याल, र जीवन गिरिले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता लिएका थिएनन् ।क्याम्पस प्रशासन र नेविसंगका कार्यकर्तामात्र बसेर तिनजनाको नाम समानुपातिकमा राखेर प्रत्यक्षबाट नाम हटाएको उनीहरुले विज्ञप्ती मार्फत जनाएका छन् ।