गजुरीको आदर्शमा क्रान्तिकारी विरुद्ध नेविसंघ र अनेरास्ववियु गठबन्धन

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३०, २०७९

धादिङ । आशन्न स्ववियु निर्वाचनका लागि गजुरी गाउँपालिका स्थित आदर्श बहुमखी क्याम्पस गजुरीमा अखिल क्रान्तिकारी विरुद्ध कांग्रेसको नेवि संघ र एमालेको अनेरास्ववियुले गठबन्धन गरेका छन् । यस्तै बेनीघाट रोराङको जय वागेश्वरी र चन्द्रोदय बहुमखी क्याम्पसमा पनि नेवि संघ र अनेरास्ववियु मिलेका छन् । १९९ मत रहेको आदर्श बहुमखी क्याम्पस गजुरी क्यम्पसमा गत स्ववियु चुनावमा नेवि संघ र अखिल क्रान्तिकारी बीच तालमेल हुँदा समेत अनेरास्ववियुले एक्लै जितेको थियो ।

आशन्न निर्वाचनमा भने नेवि संघले पार्टीको गठबन्धन र विगतको तालमेल भुलेर यो पटक एमालेको अनेरास्ववियु सँग तालमेल गर्न पुगेको हो । क्रान्तिकारी विरुद्ध बनेको आदर्श बहुमखी क्याम्पस गजुरीमा बनेको नेवि संघ र अनेरास्ववियु गठबन्धनमा नेवि संघले अनेरास्ववियुलाई अध्यक्ष र दुई सदस्य लिँदा नेवि संघले सचिव, कोषाध्यक्ष र एक सदस्य पाएको छ ।

एक्लै चुनावी मैदानमा रहेको क्रान्तिकारीको तर्फबाट स्ववियु अध्यक्षमा गणेश पाण्डे, सचिवमा सुमन डीसी कोषाध्यक्षमा प्रमिला अधिकारी चुनावी मैदानमा छन् भने गठबन्धनबाट अध्यक्षमा अनेरास्ववियुका सुरेश श्रेष्ठ नेवि संघबाट सचिवमा कृतन रिमाल र कोषाध्यक्षमा दिलिप अधिकारी चुनावी मैदानमा छन् । (यस अघिको चुनावमा अनेरास्ववियुले एक्लै जितेको थियो, हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ -सम्पादक)