सिम्थलीको लोक गीत प्रतियोगितामा सयपत्री आमा समुह प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २५, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकन.महिला तथा बालबालिका शाखाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको लोक दोहोरी गीत प्रतियोगितामा वडा नं. ८ को सयपत्री आमा समुह टारवाङ प्रथम भएको छ । लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार भन्ने नाराका साथ मनाईएको श्रमिक महिला दिवसको आयोजित उक्त लोक गीत प्रतियोगितामा १९ टिमले भाग लिएका थिए । बेनीघाट रोराङ थाउँपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत पुजा ढकालका अनुसार प्रतियोगितामा वडा नं. ३ को फुलबारी आमा सुमुह सलाङघाट दोस्रो र जंगला मंगला महिला सहिकारी चरौदी तृतिय भएको थियो ।

सिमथलि स्थित प्रजा आधारभुत विद्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रमलाई शुभकामना मतव्य राख्दै प्रमख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले किन मनाईन्छ हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस सबै दिदी बहिनीहरुले बुझ्न आवश्यक रहेको बताएका थिए ।

हरेक आन्दोलनको सफलतामा महिलाहरुको साहासिक सफलता जोडिएको हुन्छ । त्यहि सफलताबाट हुने परिवर्तनमा महिलाहरुलाई गुमगाम पारिन्छ, कानुनमा अधिकार छ तर व्यवहारमा अझै पूर्ण कार्यान्वय हुन नसकि रहेको अध्यक्ष थपलियाले बताएका थिए ।
किन मनाईन्छ अन्तर्राष्ट्रिय महिला दिवस ?
विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि मार्च ८ लाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आएको छ । क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी थिइन् श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो ।

सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बीजारोपण भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो । उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन् । त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाए ।

पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। त्यसको १०० वर्ष सन् २०११ मा मनाइयो, त्यसैले यो वर्ष हामी ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौँ । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले “विगत मनाउँदै, भविष्यबारे योजना गर्दै” भन्ने विषयलाई आत्मसात् गर्‍यो ।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने मनाउने दिन बनेको छ। तर यो दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने भन्ने हो । यो दिवस मार्च ८ तारिखमा मनाइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस यही दिन मनाउने भनेर क्लाराको कुनै विचार थिएन ।

सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले “रोटी र शान्ति” को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो । महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो । त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइन्छ।