पात्लेमा जारी दिन रात कपको फाईनल आज

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २२, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा फागुन १५ गते देखि जारी प्रथम दिन रात कपको आज फाईनल हुनेभएको छ । २० टिमले भाग लिएको यस प्रतियोगिता फाईनल खेल कुपा युवा समाज ख्क् बिहानि युवा क्लब बमछाप बीच हुने भएको हो ।

प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तृतिय हुने दुई टिमलाई ५–५ हजार पुरस्कार रहेको यस प्रतियोगितामा जन आवाज मानेलाई पराजित गर्दै कुपा युवा समाज र चिसापानीलाई हराउँदै बिहानि युवा क्लब बमछाप फाईनल पुगेका हुन् ।

दिन रात संघको आयोजनामा भएको यस प्रतियोगिताको आईतबार सम्पन्न सेमिफाईनल खेलमा बिहानि युवा क्लबले ४ गोल गर्दा चिसापानी १ गोलमा रोकिएको थियो भने कुपाले ४ गोल गर्दा जन आवाज माने गोल रहित अवस्थामा खेलेको थियो ।