धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको गाउँपालिकामा रहेको एशिया कै ठुलो नोहक गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । बेनीघाट रोराङको विकट क्षेत्र घाङबाङ गाउँको माझमा यस रहस्यमय नोहक गुफा प्रचार प्रसार गर्न सके वाह्य तथा आन्तरिक पर्यटकहरुको गन्तव्य बन्न सक्ने ठाउँ हो ।
पृथ्वी राजमार्ग चरौदीबाट कच्ची मोटर बाटी १५ किलोमिटर हिडेपछी विदाङ हुँदै गोठी भन्ज्याङ पुग्न सकिन्छ । गोठी भन्ज्याङबाट फेरी ३ घण्टा हिडेपछी दुङवाङ हुदै घाङवाङ गाउँ आइपुग्छ यहि गाउँमा यो नोहक गुफा रहेको छ ।
चेपाङ जातीको मात्र बसोवास रहेको घाङवाङ गाउँ नजिकै एउटा नाहक गुफा छ जुन गुफा एसियाकै सबै भन्दा ठूलो गुफा भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया बताउँछन् । गुफा प्रचार प्रसारको अभावको कारण यस गुफाको विशेषता बाहिर आउन नसकेको उनी स्वीकार गर्दछन् ।
यस नोहक गुफा भित्र छिरेपछी ४ घण्टा जती भित्र नै घुम्न सकने ठाउँहरु छन्, ठुला ठुला फराकिलो स्पेहरु जहा सयौ मान्छेहरु बसेर कार्यक्रम गर्न सकिन्छ । बीच विचमा विभिन्न् आकृतीका स्वरुपहरुले छुट्टै आनन्द दिन्छन् । नोहक गुफा भित्र विभिन्न प्रकारको रहस्यमय ढुङगाको मुर्तिहरु पनि देख्न सकिन्छ गुफा भित्र एउटा ठूलो खोला छ त्यस खोलामा पानीको पेखरी झरना रहेको थपलियाले धादिङपोष्टलाई बताए ।
नोहक गुफाको बाहिर छेउतिर हरियाली वनस्पती जङ्गल रहेको छ । त्यस जङ्गल भित्र विभिन्न प्रकारको जडीबुटी औषधीहरु पाइन्छ । नोहक गुफाबाट २ किलोमिटर जती हिडेर उकाली चढ्यो भने नागे डाँडा घोरावाङ भन्ने ठाउँ पुगिन्छ जुन त्यो ठाउँ चितवानको सिमाना पर्छ । त्यहाँबाट चितवनको विभिन्न ठाउँहरु हेर्न सकिन्छ । जस्तै ताडी, पर्सा, भरतपुर, नारायणगढ, भन्डारा शक्तीखोर आदि ।
नोहक गुफा मित्र घुम्न स्थानीयको अनिवार्य स्वीकृत लिनुपर्छ र स्थानीयहरुले नै गुफा गुमाउने मान्छे चयन गरेका छन् र एक टोली वा व्यक्ति गुफा भित्र लगेर अवलोकन गराएको १ हजार लिने गर्दछन् । टाढाबाट घुम्न आउने पाहुनालाई स्थानीय स्तरमै खान बस्नको व्यवस्था उपलब्ध हुने, अध्यक्ष थपलियाले बताए ।