इरानमा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा ४४८ जना मारिए

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १४, २०७९

एजेन्सी । महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर सुरु भएको विरोध प्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा ४ सय ४८ जना मारिएका छन् ।

२२ वर्षीया अमिनीको मृत्युको विरोधमा उत्रिएका प्रदर्शकारी र प्रहरी बीच झडप हुँदा ४ सय ४८ जना मारिएकोको इरानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उपयुक्त ढंगले टाउको नछोपेको अभियोगमा गत भदौ ३१ गते पक्राउ परेकी अमिनीको केही दिनपछि हिरासतमा मृत्यु भएको थियो। उनको हिरासतमा मृत्यु भएको खबर सार्वजनिक भएपछि इरानमा विरोध प्रदर्शन भड्किएको छ।

धार्मिक प्रहरीले उनलाई यातना दिएर मारेको आरोप प्रदर्शनकारीले लगाएका छन्। यद्यपि इरान सरकारले त्यसको खण्डन गरेको छ।