यो पटक संविधान रक्षाका लागि गठबन्धनलाई भोट दिऔं -जमकट्टेल

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २९, २०७९

धादिङ । मंसिर ४ गते सम्पन्न हुन गहिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नु पर्ने माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् धादिङ १ प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेलले बताएका छन् ।

गठबन्धनका साझा उम्मेदवार जमकट्टेलले यो पटक संविधान रक्षाका लागि सत्ता गठबन्धनलाई मतदान गर्न मतदाताहरु सँग् आग्रह गरेका हुन् । एमाले राप्रपा गठबन्धनले चुनाव जित्यो भने संविधान ध्वस्त मात्रै नहुने बताउँदै जमकट्टेलले राजतन्त्र फर्काउने दौडमा एमाले रहेकोले प्राप्त उपलब्धिको रक्षा गर्न सत्ता गठबन्धनलाई मत दिनुपर्ने उनले बताए ।

धादिङ १ प्रदेश २ मा जमकट्टेल सँग एमालेका गजेन्द्र थपलिया प्रतिस्पर्धामा छन् । जमकट्टेले जस प्रदेशमा चुनाव जितेर मुख्य बन्ने दौडमा छन् ।