धादिङमा एमाले नेता मोतिलाल श्रेष्ठ माओवादीमा प्रवेस

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २०, २०७९

धादिङ । पूर्व जन प्रतिनिधि एवम् एमाले सिद्धलेकका नेता मोतिलाल श्रेष्ठ सहित तोप बहादुर मगर, लिलाबहादुर मगर र लक्ष्मण विश्वकर्माले एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेस गरेका छन् ।

सिद्धलेक गाउँपालिका वडा नं. ६ गजुरी छापमा आईतबार आयोजित एक कार्यक्रमका बीच उनीहरु माओवादी केन्द्रमा प्रवेस गरेका हुन् ।

उनीहरुलाई खादा लगाएर माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् धादिङ १ प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेलले पार्टीमा प्रवेस गराएका थिए ।