फेरि चम्कन चाहन्छन्, शालिकराम जमकट्टेल

Avatar photo
नारायण सिलवाल
मङ्लबार, कार्तिक १५, २०७९

धादिङ । माओवादी केन्द्रको केन्द्रिय नेतृत्व सम्म सिधा सम्पर्कमा रहन सक्ने धादिङका प्रभावशाली नेता शालिकराम जमकट्टेल यो मंसिर ४ को निर्वाचनमा आफू मात्रै हैन गठबन्धनका सबै उम्मेदवारलाई निर्वाचित गराई केन्द्रको सम्बन्ध थप सुमधुर बनाउन चाहन्छन् । २०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल पार्टी निर्देशनको पूर्ण कार्यान्वयनमा लाग्ने नेताको रुपमा चिनिँदै आएका नेता हुन् ।

बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष सम्म बने ।
माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे । २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जमकट्टेलले त्यो बेला मजदुर आन्दोलनलाई थप उचाईमा पुर्याई पार्टी नेतृत्वमा राम्रो प्रभाव पार्न समेत भ्याए ।

२०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई फराकिलो मतले पराजित गरेका थिए यद्यपि त्यसको पैचो पाण्डेले २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिन सफल भए । ०७४ सालमा भने नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन बन्यो त्यसमा शालिकराम जमकट्टेले २३ हजनर ३८२ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका प्रभात किरण सुवेदी १० हजार ४०७ मतमा खुम्चिएका थिए । यो जितलाई निरन्तरता दिँदै उनी फेरि धादिङ २ को प्रदेश २ मा उनी फेरि चम्कन चाहान्छन् ।

प्रदेश सरकार बने देखि निरन्तर मन्त्रि बनेका जमकट्टेले धादिङमा मात्रै नभएर बागमती प्रदेश भित्र नै लोक प्रिय काम गर्ने नेताको रुपमा आफ्नो छवि बनाउन सफल भए । धादिङ प्रतिनीधि सभा क्षेत्र नं. २ को प्रदेश २ का जनताले अब भने बागमतीको मुख्य मन्त्रिका रुपमा उनलाई हेरका छन् । यद्यपी उनी सँग यो क्षेत्रमा प्रतिस्पर्धा गर्न एमालेले नयाँ अनुहार गजेन्द्र थपलियालाई मैदानमा उतारेको छ ।