खनियाबास बृचेत फुटबलको उपाधी मेन्दोफोले आमा समुहलाई

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १८, २०७९

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका अन्तरगत बृचेतमा विजयादशमीको पावन अवसरमा आन्तरिक पर्यटन प्रबर्द्धनको लागि डाँफे आमा समुहद्वारा आयोजित प्रथम आमा समूह फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ आयोजित उक्त अन्तर आमा समुह फुटबल प्रतियोगिताको उपाधी खनीयाबास गाउँपालिका ५ को मेन्दोफोले आमा समुहले जितेको छ । मेन्दोफोले आमा समुह र प्रगतिशिल आमा समुह बीच भएको फाईनल खेलमा निर्धारित समयमा १–१ गोल भएपछि भएको पेनाल्टीमा मेन्दोफोले आमा समुह विजयी भएको थियो ।

३ दिन सम्म चलेको यस प्रतियोगितामा १० टिम आमा समुहले भाग लिएका थिए, जसमा प्रशंसा आमा समुह र प्रगतिशिल आमा समुह बी सान्तोना भए । प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङको हातबाट पुरस्कृत टिम प्रथमलाई १० हजार, दास्रोलाई ७ हजार र सान्तोना दुई टिमलाई ३–३ हजार प्रदान गरिएको थियो ।