डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि सचेत बनौं

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १६, २०७९

धादिङ जिल्लामा डेंगु संक्रमितहरुको संख्या दैनिक बढी रहेको पाईएको छ । तसर्थ यसबाट बच्न निम्न बुँदाहरु अपनाऔं ।
१. गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔं ।
२. पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राखौं ।
३. पुरा बाहुला भएको शरीर पुरै ढाक्ने लुगा लगाऔं ।
४. दिउँसो वा राती सुत्दा झुल प्रयोग गरौं, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔं ।
५. घरका झ्याल ढोकामा जाली लगाऔं ।
६. घर वरिपरि सफा सुग्घर राखौं र पानी जम्ने खाल्डा खुल्डी पुरौं ।
७. लामखुट्टेको लार्भा तथा अण्डा खोजी तथा नष्ट गर्ने अभियान, डेंगु रोग विरुद्ध आजैं जागौं । सबै लागौं ।

बेनीघाट रोराङ गाउँपालिका धादिङ