सुनदेवि सहकारी गजुरीद्वारा सम्मान

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३, २०७९

धादिङ । गजुरी गाउँपालिका गजुरीबजारमा रहेको सुनदेवि अर्गानिक कृषि सहकारी संस्थाले गजुरी गाउँपालिका अध्यक्ष लगाय जनप्रतिनीधि र एन्फा केन्द्रिय उपाध्यक्षलाई सम्मान गरेको छ ।

सहकारीले सेयर धनीहरु गजुरी गाउँपालिका वर्तमान अध्यक्ष गणेशलाल श्रेष्ठ लगायत हाल निर्वाचित जनप्रतिनीधिहरु, सेयरधनी पालिका पूर्व अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र सहकारीमा दुई कार्यकाल अध्यक्षको भुमिका निर्वाह गरेका अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय उपाध्यक्ष दिपक खतिवडालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले गजुरीमा ३० भन्दा बढी सहकारीले गतिविधि गर्दै आएको र ति मध्य सुनदेवि सहकारी पनि अब्बल सहकारीको सूचीमा राखिएको बताएका थिए । विकासको आधार सहकारी भएकोले पालिकाले सहकारीलाई विशेष योजनामा राखेर सहयोग गर्ने बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि उपाध्यक्ष दिपक खतिवडाले धादिङको फुटबल इतिहासमा पहिलो पटक एन्फाको उपाध्यक्ष हुने अवसर पाएको छ धादिङको फुटबल विकासमा अब सिधै केन्द्रको पहुँच रहने दावी गरेका थिए । हरेक सहकारीले आफ्ना सेयर धनिका छोरा छोरीलाई अनिवार्य खेलकुदमा आवद्धता गराउनु पर्ने समेत उनले बताएका थिए ।