
धादिङ । सरकारले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जना एको छ । आगामी आर्थिक वर्ष २०७९/०८० वर्ष बजेट पेश गर्दै अर्थ मन्त्री शर्माले धादिङ जिल्ला स्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने बताएका हुन् ।
यस अघि अर्थमन्त्री विष्णु पौडेलले आव २०७/र०७९ को बजेट भाषण मार्फत पनि बेल्खुमा ट्रमा सेन्टर बनाईने घोषणा गरेका थिए भने यो पटक पनि अर्थमन्त्री शर्मा पनि बेल्खुको नाम लिदै ट्रमा सेन्टर बनाईने बताएका छन् ।
दुर्घटनाका घाइतेहरूलाई काठमाडौंसम्म ल्याउन कतिपय अवस्थामा ढिला हुने भएकाले सरकारले पृथ्वी राजमार्गको पासैमा ट्रमा सेन्टर खोल्न लागेको हो ।