धुनीबेसी ४ र गंगाजमुना ७ मा नेकपा (एस) विजयी

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २, २०७९

धादिङ । धादिङको धुनीबेसी ४ र गंगाजमुना वडा नम्बर ७ को अध्यक्षमा आफ्नो जित निकाल्दै एकीकृत समाजवादीले धादिङ धादिङमा २९ वटा वडाको नतिजा आउँदा ४ वटा वडामा आफ्नो पक्षमा पार्न सफल भएको हो ।

धुनिवेशी वडा नम्बर ४ मा हरि सुवेदी विजयी भएका हुन् उनले ८ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी अर्जुन बहादुर सुवेदी ९केशव० ६ सय ८९ मत ल्याएर पराजित भएका छन् ।

यस्तै गंगाजमुना ७ मा रविन अधिकारीले आफ्नो जितका लागि ९०१ मत पाएका छन् भने उनको निकटम प्रतिद्वन्दी नेकपा एमालेका मोहन अधिकारीले ८९५ मत पाएका थिए ।

एकीकृत समाजवादीले जितेका वडाहरु
रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी