
बसेरी । नेकपा एमालेले बसेरीमा चुनाबी सभा सम्पन्न गरेको छ । मतदान गर्ने समय नजिकिँदै गर्दा बसेरीमा चुनाबी सभा आयोजना गर्दै एमालेले प्रतिवद्धतापत्रमा उल्लेख भएका कुरा ५ वर्ष भित्र पुरा गर्ने एमाले उम्मेदवारहरुले बताएका थिए ।
नेकपा एमालेका तर्फबाट गंगाजमुना गाउँपालिका अध्यक्ष उम्मेदवार भक्त लामीछाने, उपाध्यक्ष उम्मेदवार एञ्जीला तामाङ, नेकपा एमालेका नेता तथा गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारी लगायतले सभालाई सम्बोधन गर्दै पारदर्शी रुपमा विकासका योजनाहरु लागु गर्ने भएकोले सबैलाई सघाउन आग्रह गरिएको थियो ।
धुवाकोटमा र्याली
नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा नेकपा एमालेले मतदाता भेटघाट र र्याली आयोजना गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, नीलकण्ठ नगरपालिकाका प्रमुखका उम्मेदवार गंगादेवि श्रेष्ठ, उपप्रमुख उम्मेदवार फन्द्रा तामाङ लगायतको उपस्थितिमा भब्य रुपमा घरदैलो गरिएको धुवाकोटबाट नेत्रप्रसाद नेपालले बताए ।
धुनीबेसीमा सभा र र्याली
एमालेले धुनिबेसीमा सभा र र्याली सम्पन्न गरेको छ । नेकपा एमाले उम्मेदवारहरु प्रमुख पदका रामराजा पाण्डे र उप प्रमुख पदका उम्मेदवार मन्दिरा श्रेष्ठको सहभागितामा र्याली सहित सभा आयोजना गरिएको थियो ।
गजुरीमा मतदाता भेटघाट
नेकपा एमालेले गजुरीमा मतदाता भेटघाट कार्याक्रम संचालन गरेकोछ । सबै वडामा वडा अध्यक्ष उम्मेदवारहरु टोल टोलमा पुगेर मतदाताहरु सँग भेटघाट गरेको भुवन भण्डारीले बताए
गल्छीमा मतदाता भेटघाट
गल्छी गाउँपालिकाको सबै वडामा एमाले वडा अध्यक्षउम्मेदवारको सहभागितामामतदाता भेटघाट भएको छ । खानेपानी, सडकलाई व्यवस्थित गर्नुपर्ने, समानुपातिक विकास र गरिवले आम्दानी गर्न सक्ने विकास गर्न मतदाताहरुले एमाले उम्मेदवारहरु सँग माग गरेका छन् । एमाले उम्मेदवारहरु समक्ष राखिएको माग भन्दा बढी प्रतिवद्धता पत्रमा उल्लेख भएका सबै काम एमालेले गर्ने एमाले उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।
