एमालेबाट पूर्व प्रहरी तामाङले खनियाबास १ को टिकट पाए

Avatar photo
उपेन्द्र जम्कट्टेल
आइतवार, बैशाख ११, २०७९

धादिङ । नेकपा एमाले धादिङले पूर्व प्रहरी राम प्रसाद तामाङलाई खनियावास गाउँपालिका वडा न १ को वडा अध्यक्षको टिकट प्रदान गरेको छ ।

यस वडाको अध्यक्षमा हर्क बहादुर तामाङ र मन बहादुर तामाङ पनि वडा अध्यक्ष दावी गरेका थिए एमालेले आज उनलाई टिकट दिएको हो ।

यस अघि प्रहरीको भुमिकामा जनताको सेवा गरें अब जनप्रतिनीधि भएर वडा बासीको सेवा गर्ने सोच अनुरुप आफूले एमालेबाट उम्मेदवारी दिन लागेको उनले बताए । बिगतका सरकारले जे जस्तो कमि कमजोरी गर्यो त्यसलाई केलाइ सुधार्ने, भ्रष्टचार र अनियमिता रोक्ने आफूसँग भिजन भएको उनी बताउँछन् ।