एमाले धादिङको प्रचार डेक्स उद्घाटन, सौर्य ई-बुलेटिन सुरु

Avatar photo
Dhadingpost
बैशाख १०, २०७९

धादिङ । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनको प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रचार डेस्क स्थापना गरेको छ ।

नेकपा एमाले धादिङको प्रचार तथा प्रकाशन विभागको संयोजनमा स्थापना भएको प्रचार डेस्कको शनिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज खेम प्रसाद लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

जिल्लाको १३ वटै स्थानीय तहको पार्टी चुनावी अभियानलाई प्रचार गर्न डेस्कको स्थापना गरिएको बताईएको छ । डेस्कले आजै देखि सौर्य इ–बुलेटिनको प्रकाशन सुरु गरेको छ ।

पार्टीको प्रचार अभियानलाई व्यवस्थित गर्न र पार्टीको स्थानिय गतिविधि संकलनका लागि विभागले जिल्लाको १३ वटै स्थानीय तहमा प्रतिनीधि खटाइएको प्रचार विभागको उपप्रमुख गायत्री खतिवडाले बताईन् ।