धादिङमा नेत्रावती बाहेकमा गठबन्धनको सहमती

Avatar photo
Dhadingpost
बैशाख १०, २०७९

धादिङ । धादिङका सत्ता गठबन्धन दल बीच नेत्रावती बाहेकका अन्य पालिकाहरुमा सहमति भएको बताईएको छ । उप प्रमुख र वडाहरु भागबण्डा कै क्रममा रहेको बताईएको छ ।

पछिल्लो सहमती अनुसार कांग्रेसको भागमा नीलकण्ठ नगरपालिका सहित ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, खनियावास गाउँपालिका र गंगाजमुनाको अध्यक्ष परेको छ ।

यस्तै माओवादी कन्द्रको भागमा जिल्ला समन्वय समितिको प्रमुख सहित थाक्रे, बेनीघाट रोराङ र रुवीभ्याली गाउँपालिको अध्यक्ष परेको छ भने समाजवादीले गल्छी र धुनीबेसीको अध्यक्ष पाएको छ । फाईल फोटो