
धादिङ । माओवादी केन्द्र सिद्धलेकले गाउँपालिका अध्यक्षका लागि सुमन खनाललाई सिफारिस गरेको छ । आईतबार सम्पन्न गाउँ कमिटीको बैठकले खनाललाई पालिका अध्यक्ष उम्मेदवारको लागि सर्वसम्मत प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
एमालेले जितको यस गाउँपालिकामा सत्ता गठबन्धनको भागबण्डामा पर्छ । कांग्रेसले दावी गरेको पालिका मध्य सिद्धलेक पनि एक हो । उपाध्यक्षमा जाँदा पुष्प थपलिया जानुपर्ने भएकोले अध्यक्षमा सुमन खनाललाई सर्वसम्मत पठाईएको माओवादी केन्द्र सिद्धलेकका एक नेताले बताए ।
कांग्रेस सिद्धलेकबाट पालिका अध्यक्षका लागि १० जनाको नाम सिफारिस हुँदै गर्दा माओवादी केन्द्रबाट सुमल खनाल निर्विरोध सिफारिस भएका हुन् । एमालेले फेरि प्रमुखमा प्रेमनाथ सिलवाललाई नै उठाउने निर्णय गरेको छ भने नेकपा एककीकृत समाजवादी गठबन्धनको बैठक कुरि रहेको छ । यदि एकीकृत समाजवादीको भागमा सिद्धलेक पर्यो भने कृष्ण अर्याल र सविता अर्याल मध्य एक जना पालिका अध्यक्ष उठाउने तयारीमा छ ।



























