खनियाबास १ को वडा अध्यक्षमा रापपाबाट ५ जनाको दावी

Avatar photo
उपेन्द्र जम्कट्टेल
बिहिबार, बैशाख १, २०७९

धादिङ । खनियाबास गाउँपालिका १ बाट राष्ट्रिय प्रजातान्त्र पार्टीबाट ५ जनाको नाम पालिका कमिटिमा सिफारिस गरि भएको छ, वडामा सहमति जुट्न नसकेपछि उम्मेदवार छनोटको लागि पाँच जनाकैनाम पालिका कमिटीमा पठाईएको बताईएको छ ।

५ जना आकांक्षमस्मा सोनाम तामाङ, मन बहादुर तामाङ (पोइचा) युसप तामाङ (एक्सन) इस्वारमान तामाङ र मन लामा तामाङ छन् ।
सोनाम तामाङको २०७४ सालमा पनि उम्मेदवारी पनि थियो । उनी यो पटक पनि जित्ने मनसायका साथ आफ्नो दावी पेस गरेका छन् । मन बहादुर तामाङ (पोइचा) विगत केही वष्र्व जापान बसेर फर्किएका युवा हुन् । उनी वडा अध्यक्ष भएर जापानको विकास मोडेल आफ्नै वडामा लागु गर्न चाहान्छन् ।

युसप तामाङ (एक्सन) बिगत लामो समय देखि नै राप्रपामा रहेर काम गर्दै आएका व्यक्ति हुन् । इश्वरमान तामाङ इन्डियन आर्मी रिटायर भएर गाउँफर्किए सँगै राप्रपामा सक्रिय छन् । मन लामा तामाङ पुर्व गृहमन्त्री तथा राष्ट्रिय प्रजातान्त्र पार्टीका उपध्याक्ष बुद्धिमान तामाङको घरमा १६ बर्ष सँगै बसेर राजनीति गरेको अनुभव छ । आफ्नो परिवारलाई नै त्याग गरि राजनीतिमा चासो राखेका मन लामा १६ बर्षे सिकाई अनुभव समाज परिवर्तनमा लगाउन चाहन्छन् ।