
धादिङ । केन्द्रमा सत्ता गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने औपचारिक निर्णय गरेपनि स्थानीय तहमा तालमेल हुनेमा अझै आशंका रहेको ति दलका नेता तथा कार्यकर्ताहरु नै बताउँदै आएका छन् ।
धादिङमा स्थानीय तहको निर्वाचन तालमेल केन्द्रित सत्ता गठबन्धनको चैत्र २५ गते बसेको गल्छी बैठकले वडा सम्म नै गठबन्धन गरेर जाने निर्णय गरेको थियो । उक्त बैठकले ८ जनाको कार्यलद बनाउने, स्थानीय तह स्तरीय पनि कार्यदल बनाउने र गठबन्धन को चैत्र २८ गते फेरि आर्को बैठक बस्ने भन्दै सकिएको थियो ।
तोकिएको मितिमा गठबन्धनको मिटिङ बस्न १ दिन मात्रै बाँकी छ तर ८ जनाको कार्यदल बनेको भनेर सार्वजनिक भएको छैन् । कार्यदल बनेको छ सार्वजनिक मात्रै नगरिएको नेपाली काँग्रेस धादिङका सह सचिव नवराज तिमल्सिना बताउँछ्न् । सार्वजनिक गर्दा उनीहरुलाई थप दवाव पर्न सक्छ त्यसैले सार्वजनिक नगरिएको उनले दावी गरे । तयारी पुग्यो भने भोली गठबन्धनको बैठक धादिङबेसीमा बस्छ तयारी पुगेन भने सर्न सक्ने पनि तिमल्सिनाले बताए ।
गठबन्धनको बैठकमा कस्ले कुन कुन पालिका लिने र कुन कुन वडा लिने भन्ने विषयले अहिले सम्म प्रवेस पाएकै छैन । कांग्रेसले नीलकण्ठ नगरपालिका सहित ६ वटा गाउँपालिका प्रमुख दावी गर्ने तयारी गरेको स्रोतकोे दावी छ । यस्तै माओवादी केन्द्रले पनि नीलकण्ठ नगरपालिका सहित ५ वटा गाउँपालिका दावि गर्ने तयारी गरेको बुझिएको छ, भने नेकपा एकीकृत समाजवादीले ०७४ सालमा एमालेले जितेको ठाउँमा समाजवादीलाई दिनु पर्ने माग सहित बैठकमा सहभागि हुने तयारी गरेको एक नेताले बताए ।
वडा तह देखि नै उम्मेदवारी छनोट गर्न सकसमा रहेको सत्ता पक्षिय दलहरुमा तालमेलका लागि ठुलै रस्सा कस्सी चल्ने देखिएकोले तलामेल हुनेमा गठबधनका दलहरु मुख्यत काँग्रेस र माओवादी केन्द्र आस्वस्त बन्न सकि रहेका छैनन् । ०७४ सलाको स्थानीय तहको निर्वाचनमा धादिङका १३ पालिका मध्य एमालले ८ वटा, कांग्रेसले ३ वटा, माओवादी केन्द्रले १ वटा राप्रपाले १ वटा जितेका थिए ।









