कुलमान घिसिङको श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ११, २०७८

धादिङ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमाचयन भएकी छिन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको अध्यक्ष ध्रुव खनालले बताए ।

अध्यक्ष खनालका अनुसार कार्य समितिले अध्यक्ष नभएको अवस्थामा अध्यक्षको हैसियतले काम गर्ने जिम्म सहित नीलकण्ठबाट श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएको छ ।

यस्तै संगठन विस्तार गर्ने गरी बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाल र पार्टीलाई आवश्यक स्रोत व्यवस्थावन गर्ने जिम्मेवारी सहित रुबीभ्यालीबाट घिसिङको श्रीमती दीपा तामाङलाई उपाध्यक्षमा चयन गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको हो ।

राप्रपा धादिङले निकै रस्साकस्सी बीच गत कार्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुर्व खनाल अध्यक्ष सहित ३१ जना निर्वाचित भएका थिए । जसमा निर्वाचित सदस्य दुई जना प्रदेशमा गए सँगै निर्वाचित सदस्य २९ जना भएको थियो । यहि मध्यबाट पदाधिकारीको जिम्मेवारी तोकेको हो ।