धादिङबेसीमा वाईसीएलद्वारा एमसीसी विरुद्ध प्रदर्शन

Avatar photo
उपेन्द्र जम्कट्टेल
बुधबार, फाल्गुन ४, २०७८

धादिङ । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।

आजै संसदमा एमसीसी टेबुल हुने भन्ने अनुमानका साथ विरोध प्रदर्शनलाई बृहत बनाउने योजना बनाएको बाईसीएलले आज संसदमा पेस नभए पछि प्रर्दशनलाई फरक ढंगले गरिएको संयोजक रोमी घलेले बताए ।

धादिङपोष्ट सँग कुरा गर्दै अध्यक्ष घलेले भने जनतामा माओवादीले पनि भित्रभित्रै एमसीसी पास गराउने रणनीतिमा रहेको भ्रम फिजाईएको छ । कदापी हाम्रो पार्टीले संशोधन नगरि एमसीसी पास हुन नदिने बताए ।

राष्ट्र र राष्ट्रियताको सवालमा वाईसीएल सडक मोर्चामा अग्रपंतीमा रहँदै आएको र संशोधन नगरी एमसीसी पास हुन नदिने समेत उनले बताए । आजको प्रदर्शन साङ्केतिक रहेको समेत उनले बताए ।