
धादिङ । धादिङबेसी सदरमुकाममा धादिङ जिल्ला ब्याडमिण्टन संघले मेयर कप २०७८ जिल्ला स्तरीय र राष्ट्रिय स्तरको ब्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ ।
आज भएको कभर्डहल उद्घाटन कार्यक्रममा धादिङ जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले मेयर कप २०७८ ब्याडमिण्टन प्रतियोगिता अन्तरगत फागुन १६ गतेबाट जिल्ला स्तरीय र १७ गतेबाट राष्ट्रिय स्तरको प्रतियोगिता हुने बताएका हुन् ।
जिल्ला स्तरीय तर्फ, पुरुष एकल, महिला एकल र पुरुष युगलका खेलहरु हुनेछन् भने, राष्ट्रिय स्तरमा अण्डर १७ केटी/केटी, ४५ प्लस पुरुष युगल, ५५ प्लस पुरुष युगल, खुल्ला पुरुष युगल (र्याङ्किङ टप २० सम्मलेभाग लिन नपाउने) लगायतका खेलहरु हुने छन् ।
मेयर कप ब्याडमिण्टन प्रतियोगिता २०७८, नीलकण्ठ नगरपालिकाले १५ लाख स्वीकृत गरेको र ५ लाख टिम दर्ताबाट गरी करिव २० लाख लागतमा सम्मन्न गर्ने लक्ष्य रहेको समेत संघका अध्यक्ष श्रेष्ठले बताए ।