धादिङ । जनयुद्ध दिवसकाे अवसरमा जिल्ला प्रशासन कार्यालय धादिङ परिसर निर्माण गरिएको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयमा दिप प्रज्वलन गरिएकाे छ ।

जनक्रान्तिका सहिद तथा बेपत्ता परिवार समाज धादिङले आयाेजना गरेकाे उक्त कार्यक्रममा माओवादी केन्द्र धादिङका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
समाजका अध्यक्ष रामबहादुर भण्डारीले ऐतिहासिक जनयुद्धको उपलब्धिकाे रक्षाका लागि सम्पुर्ण माओवादीहरु एकतावद्ध हुनुपर्ने बताएका थिए ।