धादिङ । एमालेको अखिल नेपाल महिला संघ धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको छ ।
स्थानिय तहको निर्वाचन समयमै गर्न सरकारलाई माग गर्दै ज्ञापन-पत्र बुझाईएको थियो ।
ज्ञापन-पत्रमा महिलामाथि हुने हिसां अन्त्य गर्न र मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग समेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा आजै पठाईने बताएका थिए ।