
धादिङ । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङको बैठक आज धादिङबेसी स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
बैठकले जिल्लाका सबै वडा र पालिका अधिवेशन तत्काल गर्ने र सँगै रक्तदान कार्यक्रमलाई प्रथामिकतामा राखेर लैजाने निर्णय गरेको जिल्ला संयोजक काजी श्रेष्ठले धादिङपोष्टलाई बताए । श्रेष्ठका अनुसार आठौं आयोजक कमिटी गठनको विषयमा समेत बैठकमा छलफल भएको थियो ।
जिल्ला संयोजक कमरेड काजी श्रेष्ठको अध्यक्षतामा र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड दिपक खतिवडाको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य कमरेड बसन्ता पाण्डे र बागमती प्रदेशका सचिव कमरेड मोदनाथ सिलवालको आतिथ्यतामा बैठक सम्पन्न भएको बताईएको छ ।
