धादिङमा राष्ट्रिय युवा संघको सप्ताह-व्यापी रक्तदान सुरु

Avatar photo
Dhadingpost
आइतवार, माघ १६, २०७८

धादिङ । नेकपा एमालेको राष्ट्रिय युवा संघ धादिङले सप्ताहव्यापी रक्तदान कार्यक्रमको सुरुवात गरेको छ ।

नेकपा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) को प्रमुख आतिथ्यतामा शनिबार नेत्रावती डब्जोङ स्थित सेमजोङबाट राष्ट्रिय युवा संघ धादिङले सप्ताह व्यापी रक्तदान कार्यक्रमको घोषणा गरेको थियो ।

राष्ट्रिय युवा संघ धादिङका संयोजक काजी श्रेष्ठका अनुसार देशभर रगत अभाव हुन थालेको छ । सबै जिल्लामा अब रक्तदान गर्ने केन्द्रको तयारी अनुरुप धादिङमा सप्ताह व्यापी रक्तदानको कार्यक्रम सेमजोङबाट सुरुभएको हो । सुभारम्भको पहिलो दिन सेमजोङमा १८ जनाले रक्तदान गरेका थिए ।

संयोजक श्रेष्ठका अनुसार माघ १७ गते ज्वालामुखी गाउँपालिकाको साँधभञ्ज्याङमा रक्तदानको कार्यक्रम हुनेछ ।