जेष्ठ नागरिकलाई जाडोमा झुल र ब्लाङ्केट वितरण गर्दै, गल्छी गाउँपालिका

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १४, २०७८

धादिङ । धादिङको गल्छी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्बोधन गर्दै सम्बन्धित वडा कार्यालयहरुबाट झुल र ब्लाङ्केट लिन सूचना जारी गरेको छ ।

सूचनामा भनिएको छ, जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत ०७८ असार सम्म ७५ वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई वडा कार्यालयबाट झुल र ब्लाङ्केट वितरण भैरहेको छ । आफ्नो नागरिकताको प्रमाण पत्र देखाई लिन अनुरोध गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायद्वारा जारि विज्ञप्तीमा भनिएको छ वडा नम्बर ५ का जेष्ठ नागरिकहरुले भने गल्छी गाउँपालिका कै कार्यालयबाट झुल र ब्लाङ्केट लिन सक्ने छन् ।