धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा आज देखि आठौं मान बहादुर मेमोरियल कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
धादिङका लागि सर्वाधिक पुरस्कार राशी रहेको यस प्रतियोगितामा २९ वटा टिमले भाग लिने आयोजक संस्था विद्यार्थी उपकार संघ धुवाँकोटले जनाएको छ ।
प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०-२० हजार पुरस्कार दिईने यस प्रतियोगिता माघ १५ गते सम्म संचालन हुने बताईएको छ ।
आयोजक संस्थाका सुरेस तामाङका अनुसार आज पहिलो दिनको पहिलो खेलमा दिउँसो १२ बजे धादिङ फुटबल क्लव A र लक्र्याक युनाईटेड बीच हुने छ, भने दोस्रो खेल दिउँसो साढें २ बजे छोईलिङ युवा क्लव र कल्लावारी युवा क्लव बीच हुनेछ ।